योगेशलाई सञ्चार मन्त्री बन्नबाट कसले रोके ?

काठमाण्डु टुडे २०८१ साउन २ गते १३:१० मा प्रकाशित

काठमाण्डु, २ साउन– एमाले विभाजनको समयमा १० भाइको नाममा चर्चामा रहेका एमाले सचिव योगेश भट्टराई एमाले विभाजन पछि एमाले भित्र कम अवसर पाउने नेतामा पर्छन । एमाले विभाजनको समयमा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा रहेका भट्टराई एमाले विभाजन पछि भने एमालेमै बसे ।

त्यस समयमा माधव नेपाललाई पर्टी विभाजन गर्ने उकासने आरोप पनि १० भाई लाई लाग्ने गरेको छ । तर पार्टी विभाजनको अन्तिम समयमा वरिष्ठ नेता नेपाललाई असहयोग गरेका उनीहरुले एमाले अध्यक्ष ओलीसँग १० बुदे सहमति गरेर एमालेमै बसे । एमालेलाई सुधार गर्ने अध्यक्ष ओलीको एकाधिकार अन्त्य गर्ने उनीहरुको मुल उदेश्य थियो ।

एमालेमै बसेका १० भाइ मध्य डा. भीम रावल र धनश्याम भुसालले अध्यक्ष ओलीको कडा आलोचना गर्दै चितवनको सौराहमा भएको पार्टीको १० औं महाधिवेशनमा प्रतिस्पर्धा गरे । ती नेतालाई मत नदिन ओलीले ‘फर्मान’ नै जारी गरेका थिए । पार्टीको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गरे तर उनी हरु पराजित भय । त्यही कारण अध्यक्ष ओलीले ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा अध्यक्ष ओलीले रावल, भुसालहरूलाई टिकट दिएनन् ।

भुसालले विद्रोह गर्दै उम्मेदवारी दिए । तर, पराजित भए । पछि उनी माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिवको जिम्मेवारी पाउँदै पार्टी निर्माणमा लागे । रावलले टिकटका ’दयगतमा ओलीसँग फोनमा कुरा गरे । रावलले ‘कमरेड मेरो टिकट के हुन्छ रु’ भन्दा ओलीले ‘भरे रेडियो नेपाल सुन्नुस्’ भन्ने जवाफ दिएका थिए ।

रावलले टिकट पाएनन्, घनश्यामजस्तै विद्रोह गर्ने आँट पनि गर्न सकेनन् । १० भाइमध्येका गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र रघुजी पन्त सांसद छन् । पन्त सामानुपातिक सांसद हुन् भने अरू तीन जना निर्वाचित सांसद हुन् । अधिकांशले टिकट नै पाएनन् । एमालेमा उनीहरुलाई कतिको पोलान छ भन्ने कुरा ओलीले क्याविनेटले प्रस्ट पारेको छ ।

गत २८ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भय । ओली क्याविनेटमा १० भाइ समुहबाट सचिव योगश भट्टराई सञ्चारमन्त्रीको सपथ लिने अन्तिम तयारीमा थिए । नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले यसपटक मन्त्री बनाउने बचन दिएका थिए । एमालेको सचिवालय बैठकले योगेशलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री बनाउने निर्णय गरेको थियो । योगेशलाई सञ्चार मन्त्री बनाउने निर्णय भएको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराईयो ।

त्यस पछि योगेशले साथिभाइको बधाई सम्म खान भ्याय । पार्टीले मन्त्री बनाउने भए पछि योगेश पनि आफ्नो तयारीमा जुटेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगर्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न बुढानिलकण्ठ चपलीस्थित भण्डारी निवास पुगे । पूर्व राष्ट्रपति भण्डारीसँगको भेट पछि ओली योगेशलाई सञ्चारमन्त्री बनाउन सकारात्मक थिए ।

आइतबार राति सम्म पनि योगेशको नाम सञ्चारमन्त्री मै थियो । योगेशलाई सञ्चार मन्त्री बनाउने निर्णय भएको सङ्केत पाए पछि नै आइतबार रातिनै एमाले उपमहासचि विष्णु रिमाल, भानुभक्त ढकाल, सुर्य थापा लगाएतको एक टोली ओली निवास बालकोट पुगे । उनीहरुले हिजो पनि माधव समुहमा रहेर धोका दिएको र भोली पनि धोका दिने भन्दै योगेशलाई मन्त्री नबनाउन अध्यक्ष ओलीलाई दबाव दिए । उनी हरुको दबाब थेग्न नसके पछि अध्यक्ष ओली पनि योगेशलाई मन्त्री बनाउनबाट पछि हट्न बाध्य भए ।

त्यस पछि विष्णु रिमाले नेतृत्वको टोलीले नै मन्त्रीका रहर नगरेका उपमहासचिव पृथ्वि सुब्बा गुरुङलाई मन्त्री बनाए । योगेश अनिन्तम समयमा आएर १० भाइ समुहमै परेका कारण योगेश मन्त्री बन्न सकेन्न । भट्टराई आइतबार राति मात्र होइन, सोमबार बिहानसम्म मन्त्री बन्नेमा ढुक्क थिए । तर जब राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको नाम बुझाइयो तब मात्र उनले आफू रिङ आउट भएको थाहा पाए ।

यि बाहेक १० समुहमा परेका अन्यको पनि अवस्था हरिबिजोग छ । एमालेभित्र १० भाइका रूपमा रहेको समूहमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ । १० भाइका रूपमा चिनिने यी नेताहरू तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल समूहका नेता थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us