नेप्से ७०.१८ अंकले बढ्यो

काठमाण्डु टुडे २०८१ साउन १ गते १५:३० मा प्रकाशित

काठमाण्डु, १ साउन– एमाले उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक सोमबार ७०.१८ अंकले वृद्धि भएको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह ल्याएको छ ।

यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जानकारी दिएको छ । यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७.१८ अङ्कले घटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us