
काठमाण्डु, २७ असार– सेयर बजार मापक नेप्सेले २ हजार २ सय अंक पार गरेको छ ।
एक वर्षपछि नेप्सेले २२ सय पार गरेको हो । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर
२ हजा र२ सय ४ अंकमा बन्द भएको छ । यसअघि गत वर्षको ७ साउनमा नेप्सेले २२ सय नाघेको थियो ।
बिहीबार कारोबार रकममा पनि उल्लैख्य वृद्धि भयो । १ सय ५४ कम्पनीको मूल्य बढेको बजारमा ७ अर्ब ८ करोड बराबरको कारोबार भयो । यस्तै ७८ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनी स्थिर रहे ।
जीवन बीमा समूहमा ३।०६ प्रतिशत र बैंकिङ समूह २.४२ प्रतिशतले वृद्धि भएको छ ।
बलेफी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भयो । यस्तै जानाकी फाइनान्सको ८.७, प्रभु महालक्ष्मी लाइफको ७, मध्यभोटेकोशीको ५.५, हिमालयन बैंकको ५.५ र माउन्टेन हाइड्रोको ५.४ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स अगाडि रहे ।