अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाण्डु टुडे २०८१ असार १९ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, १९ असार– प्रहरीले वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक लाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई पक्राउ गरीएको प्रहरीेले जानकारी दिएको छ ।

श्रीसलाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको पीडितहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका श्रीसलाई वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us