काठमाण्डु, १९ असार– नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन काठमाण्डुको प्रज्ञा भवनमा जारी छ । असार १६ देखि २० गतेसम्मलाई निर्धारण भएको महाधिवेशन चौथो दिनसम्ममा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम अहिले जारी ।
प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल जारी छ । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम पनि रहेको छ । त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुने एकीकृत समाजवादी निकट स्रोतले जानकारी दिएको छ ।
उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘बुधबार बेलुकासम्म प्रतिवेदनको निष्कर्ष सुनाउने क्रम सकिन्छ र पारित हुन्छ, ‘त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’
नेता खतिवडाले सकभर २० गतेभित्रै महाधिवेशन सक्ने प्रयास भइरहेको पनि उनले जानकारी ,दिएका छन । तर नेतृत्वमा सहमति नजुटे र निर्वाचन प्रक्रियामा जानु परेको खण्डमा अझै एक दुई दिन समय थप गर्नुपर्ने अवस्था आउनसक्ने खतिवडाले जानकारी दिएका छन ।