शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कार्यदलमा सकारात्मक छलफल भयो: जनार्दन शर्मा

काठमाण्डु टुडे २०८१ असार १९ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको छ ।

आज (बुधवार) सिंहदरबारमा बसेको कार्यदलको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिएका छन । आज बुधबारको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक भएको कार्यदल सदस्य समेत रहेका शर्माले जानकारी दिएका छन ।

‘कार्यदलको बैठक सकारात्मक भएको छ । आजको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक भएको पनि उनले जानकारी दिएका छन ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय छन् । पीडितसँग सहमति लिने सन्दर्भ पनि छ ।

कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ । केही टुङ्ग्यायौँ केही बाँकी छ ।’ कार्यदलका अर्का सदस्य रमेश लेखकले पनि बैठक सकारात्मक भएको जानकारी दिएका छन ।

टीआरसीमा देखिएका मुद्दाहरूलाई सहमति खोज्न कांग्रेस, एमाले र माओवादीबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा माओवादीबाट शर्मासहित, कांग्रेसका लेखक र एमालेबाट महेश बर्तौला रहेका छन् । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बसेको हो । अर्को बैठक छिट्टै बस्ने शर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us