काठमाण्डु, १९ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै रास्वपा महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध जनाएका छन ।
आज (बुधबार) बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध जानएका हुन । उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका थिए ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी थियो ।
ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।