काठमाण्डु, १८ असार– एमालेको सचिवालय बैठक जारी छ । एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी छ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने एमालेका एक नेताले जानकारी दिएका छन ।
एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भने भएको छैन ।