देउवासँग सानेपामा सँगै देखिए प्रचण्ड र ओली

काठमाण्डु टुडे २०८१ असार १८ गते १५:५० मा प्रकाशित

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्।

पूर्व प्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन्।

कांग्रेस र एमालेबिच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिएका हुन्। हिजो मध्यराती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ। कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us