काठमाण्डु, १८ असार– सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।
हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै बालक हराएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन ।
साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले जानकारी दिए ।
प्रहरीले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।