काठमाण्डु, १८ असार– कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न पूर्व प्रधानमनत्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सानेपामा पुगेका छन ।
कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न ओली कांग्रेस पार्टी मुख्यालय सानेपामा पुेगेका हुन ।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन् ।
फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन ।
फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भुमिकालाई अटाइएको उनले बताए ।
