वर्षाले जनकपुरधाम जलमग्न

काठमाण्डु टुडे २०८१ असार १८ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, १८ असार– लगातार परेबो बर्षाको कारण मधेश प्रदेशको राजधानी जनकपुरधाम जलमग्न भएको छ । वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी पसेको छ ।

बिहानसम्म जनकपुरधामको ‘सिक्स लेन’ सडकमा आधा पानी जमेको थियो । जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी पसेको हो ।

बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ । जनकपुर डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।

नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us