काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवामा पुगेका छन ।
राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शीतलनिवा पुगेको स्रोतले जानकारी दिएको छ ।
सरकार सञ्चालनका लागि दुई प्रमुख दल कांग्रेस र एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले दुई दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।