एमाले मन्त्रीलाई राजीनामा दिन ओलीको निर्देशन

काठमाण्डु टुडे २०८१ असार १८ गते ८:३५ मा प्रकाशित

काठमाण्डु, १८ असार– एमाले मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

अध्यक्ष केपी ओलीको निर्देशनमा मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । काँग्रेससँग सत्ता समीकरणको सहमति भएसँगै एमाले सरकारबाट बाहिरिने भएको छ ।

काँग्रेस–माओवादी गठबन्धन भत्किएसँगै गत २१ फागुनमा एमाले उपमहासचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको थियो ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठ नेतृत्वमा एमालेबाट वर्तमान सरकारमा ८ मन्त्री छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउन लागेको पुष्टि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us