काठमाण्डु, १७ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन ।
आज सोमबार बसेको प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नको निमिक्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु ।’
भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको पनि उनले बताएका छन । उनले भने, ‘कोही पनि बेचैन हुनु पर्दैन ।
भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ ।