प्रचण्ड र ओलीबीच छलफल सकियो

काठमाण्डु टुडे २०८१ असार १७ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ । भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन ।

तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको जानकारी दिएका छन । उनले भने, ‘सरकारका कामलाई गतिशीलरव्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो, समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसबीचमा आइतबार पनि प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल भएको थियो । उनीहरूबीच छलफल भइरहेका बेला रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us