काठमाण्डु, १७ असार– कांग्रेस सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेका बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताउका छन ।
आज सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन । उनले कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका छन ।
उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक भएको पनि बताएका छन । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताएका छन ।
उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठुला दल नेपाली कांग्रेस तथा नेकपा९एमाले०का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ ।
लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठुला दलहरूका बिच संवाद र सहकार्य आवश्यक छ ।
यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ ।
लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठुला दलहरू बिचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’