एक जना मन्त्री पनि नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८१ असार १७ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, १७ असार– आज (सोमबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एक जना पनि मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ ।

सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची रहेको थियो ।

बैठक सुरु भए लगतै कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न गरेका थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेट पछि बसेको प्रतिनिधि सभाको बैठक अहिले जारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us