धनुषामा जन्ती सबार बस दुर्घटना, १५ जना घाइते

काठमाण्डु टुडे २०८१ असार १७ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १७ असार– धनुषामा जन्ती सबार बस दुर्घटनामा परेको छ ।जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको परेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ५४ वर्षीय ससुखन यादव, ३२ वर्षीय मनोज कुमार यादव, ६५ वर्षीय केबट बैठा, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय रहेका छन् ।

यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६२ वर्षीय बिन्देश्वर राय, ६५ वर्षीय दीप नारायण यादव, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन् ।

त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ ।

उनीहरू सबैको उपचार गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us