काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन ।
आज (आइतबार) पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता खनालले यस्तो बताएका हुन ।
उनले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने पनि बताएका छन । फरक प्रसङ्गमा खनालले देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सबै दलहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए ।
‘यो पार्टीले पहिलो पटक साहसका साथ संविधानले भनेको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेका छ । यसले समाजवादी आन्दोलनलाई समाजवादसम्म पुर्याउने आधार निर्माण गर्न सक्छ’, खनालको भनाइ छ ।