काठमाण्डु, १६ असार– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ ।
भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जानकारी दिएको छ । उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डु आएकी थिइन् ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको पनि प्रहरीले जानकारी दिएको छ ।