काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष्ँ केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन आग्रह गरेको बताएका छन ।
पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ । पोलिसी म्याटरमा छलफलमा जाऊँ ।
कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । मैले पनि भन्न पाएको छैन । अरू साथीहरूसँग पनि छलफल गरौँ । कुन क्षेत्रमा कस्ता सुधार रु कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ।’