उपेन्द्र र अशोक एउटै मञ्चमा

काठमाण्डु टुडे २०८१ असार १६ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १६ असार– जसपानेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।

आज (आइतबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन कार्यक्रममा दुवै जना अतिथि भएर एउटै मञ्चमा देखा परेका हुन ।

यादव नेतृत्वको जसपा नेपालबाट सात जना सांसदका साथ अशोक राई गत वैशाख २३ गते अलग भएका थिए । वैशाख २४ गते राईले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी नै गठन गरे । पार्टीबाट अलग भएपछि दुवै जना यसरी एउटै मञ्चमा थिएनन् ।

पार्टी विभाजनविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट गर्दा अल्पकालीन आदेश जारी भएको छ । अहिले सो मुद्दा फुल बेन्चमा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us