घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते

काठमाण्डु टुडे २०८१ असार १६ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, १६ असार– बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेको प्रहरीले जानकारी दिएको छ ।

मेलौली नगरपालिका–३ तल्खेतमा सु -प- प्र- ०१ ००२ त- ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन ।

घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको पनि प्रहरीले जनाएको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us