काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा आउन लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन ।
उनले आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने दाबी गरेका छन ।
उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु ।
३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’ उनले राप्रपालाई पनि बोलाएको भए पनि नआएको पनि बताएका छन ।