काठमाण्डु, १६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो शनिबार पक्राउ परेका बेचन झा थप ७ दिन थुनामा रहेने भएका छन ।
झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।
शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाण्डु जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाण्डुलाई जिम्मा लगाएको छ ।