माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार १६ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन ।

आज (आइतबार) एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताएका छन ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौ, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’

उनले प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाएका छन । आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताएका छन ।

आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डले दाबी गरे । तैपनि अहिले सबै भष्टमात्र छन् भनेर प्रचारबाजी भइरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us