समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ: अध्यक्ष राउत

काठमाण्डु टुडे २०८१ असार १६ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, १६ असार– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम आफुलाई प्रिय र पवित्र लाग्ने गरेको बताएका छन । साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने पनि बताएका छन ।

आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।

उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन । उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर प्रश्न पनि गरेका छन ।

उनले भने, ‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ।

कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us