काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन । आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल हुने उनले जानकारी दिएका छन । एमाले अध्यक्ष ओलीसँग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक डाक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
हिजो देउवाले बालकोट पुगेर ओलीसँग करिब ३ घण्टा वार्ता गरेका थिए। ओलीले देउवासँग वार्ता गरेपछि सत्ताको माओवादी पङ्क्ति तरंगित रहेको छ ।