प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रविको इन्ट्री

काठमाण्डु टुडे २०८१ असार १६ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

हिजो शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पङ्क्ति तरङ्गित छ ।

प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको थिए ।

त्यही विषयमा छलफल गर्नको लागि अहिले शीर्ष नेताहरू जुटेका हुन् । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us