एमालेद्वारा एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार , गएनन् ओली

काठमाण्डु टुडे २०८१ असार १६ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन एमालेले बहिष्कार गरेको छ ।

एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि सहभागी भएन्न ।

एकीकृत समाजवादीको अहिले प्रज्ञा भवन कमलादीमा उद्घाटन समारोह जारी छ । नेकपा एसले एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो । अहिले एउटै सत्ता समीकरणमा भए पनि ओलीले कसैलाई पनि कार्यक्रममा नपठाएको एमाले स्रोतले जानकारी दिएको छ ।

यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेताहरुको कार्यव्यस्तताको कारणले कार्यक्रममा सहभागी नभएको जानकारी दिएका छन ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us