काठमाण्डु, १६ असार– बाँकेको एक रेडिमेट फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।