पुरानो बानेश्‍वरमा पार्किङ गरेको स्कुटरमा आगलागी

काठमाण्डु टुडे २०८१ असार १६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, १६ असार– काठमाण्डु महानगरपालिका– ३१ पुरानो बानेश्‍वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ ।

अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा–५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us