रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव

काठमाण्डु टुडे २०८१ असार १६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, १६ असार– रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

महामन्त्री ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’ बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार गरेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us