महोत्तरी, १५ असार– महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–८ अनारमन बस्ने ८० वर्षीय महेश राय यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका–८ अनारमन स्थित पोखरीमा डुबेर यादवको शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।