काठमाण्डु, १५ असार– काठमाण्डुको टोखा नगरपालिका–३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।