काठमाण्डु, १५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताएका छन ।
आज (शनिबार) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष्ँ नेपालले यस्तो बताएका हुन । उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने पनि बताएका छन । उनले भन, ‘ केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ ।
राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’
उनले देशको मात्र नभएर विश्वको ध्यान आफ्नो पार्टीको दसौँ महाधिवेशनतर्फ आकर्षित भएको पनि बताएकान छन । उनले भने, ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने हामीले अघि बढाइरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन कोशेढुंगा बनेर चर्चाको विषय बनिरहेनेछ ।’
उनले नेपाली समाजमा भएका हरेक ठुल्ठुला उथलपुथललाई आफ्नो पार्टीले नेतृत्व गरेको उनको भनाई छ । उनले घटनाक्रमलाई निर्णायक मोड दिने पार्टी एकीकृत समाजवादी नै भएको उनले बताएका छन ।