काठमाण्डुमा कल्भर्टमा कार खस्यो

काठमाण्डु टुडे २०८१ असार १४ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १४ असार– काठमाण्डुको नागार्जुन नगरपालिका–६ मा कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।

बाप्र०२७च ०४९१ नम्बरको कार राति २ बजेको समयमा स्थानीय छमछम खोलास्थित कलभर्टमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा कार चालक नागार्जुन नगरपालिका–६ खरिबोटका ४७ वर्षीय पूर्ण दर्नाल छन् । कार कल्भर्टमा खसेको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले तीन घण्टा लगाएर क्रेनको सहायतामा दर्नाललाई उद्धार गरी बिहान ५ बजेतिर बाहिर निकालेको थियो ।

मनमोहन मेमोरियल अस्पताल लगिएकामा चिकित्सकले तत्काल उनलाई मृत घोषणा गरेका थिए । एसपी अधिकारीले दुर्घटनाबारे अनुसन्धान अघि बढाइएको बताए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us