रामेछाप, १४ असार– रामेछापमा शुक्रबार बिहान बस दुर्घटना भएको छ ।
रामेछापको गैरीबाट काठमाण्डु आउँदै गरेको बा५ख ५६२५ नम्बरको बस लिखुतामाकोशी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा गाडी धनी दोलखा भिमेश्वर नगरपालिका–५ का दीपक श्रेष्ठ र चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ का यादव खत्रीसहित ९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ । सडक भासिएर बस करिब २० मिटर तल रुखमा अड्किएको छ । गाडीलाई डोरीको सहायताले अर्को रुखमा बाँधेर अड्याएको छ ।