काठमाण्डु, १३ असार– प्रहरीले बल्खुबाट बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए ।
आरोपीविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन ।