भाउजूको हत्या अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार १३ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, १३ असार– प्रहरीले महोत्तरीबाट आफ्नै भाउजूको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us