सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

काठमाण्डु टुडे २०८१ असार १३ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, १३ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका छन । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेरमा छलफल सुरु हुने स्रोतले जानकारी दिएको छ ।

शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us