काठमाण्डु, १३ असार– महोत्तरीमा कोदालो प्रहार गरी एक महिलाको हत्या भएको छ । महोत्तरीको औरही नगरपालिका ४ कविलासाकी ५० वर्षीया रितादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार साँझ साढे ५ बजेतिर उनका देवर ४५ वर्षीय जतन यादवले कोदालो प्रहार गर्दा रितादेवीको मृत्यु भएको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन ।
घरायसी विवादमा कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रिताको जानकी एकेडेमी हस्पिटल रामगोपालपुरमा उपचारको क्रममा ६ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै जतनलाई प्रहरीले पक्राउ गरेर घटनाको सम्बन्धमा आवाश्यक अनुसन्धान गरीरहेको पनि प्रहरीले जनाएको छ ।