एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुने

काठमाण्डु टुडे २०८१ असार १३ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने जानकारी दिएका हुन ।

उनले भने,‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’ यसबारेमा कहीँ कतै के भएको छ भन्ने बोर्डले छानबिन गर्ने अध्यक्ष शर्माको भनाइ छ ।

नतिजा सार्वजनिक कार्यक्रममा ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको बोर्डले जानकारी दिएको छ । नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन हुने गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us