झापामा हात्ती मृत अवस्थामा भेटियो

काठमाण्डु टुडे २०८१ असार १३ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, १३ असार– झापाको मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा भेटिएको छ । का धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको छ ।

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us