काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले आज बिहिबार यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
उक्त नतिजा अनुसार सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन् । बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् ।
२०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा एक लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो । १ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा एनजी भएका छन् । त्यस्तै १ लाख २६ हजार ९३३ विद्यार्थी विज्ञान विषयमा फेल भएका छन् ।
सामाजिक अध्ययनमा ७३ हजार ८७७ विद्यार्थी फेल भएका छन् । भने अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी फेल भएका छन् ।
विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको अध्यक्ष शर्माले जानकारी दिएका छन ।