लगानी सहजीकरण विधेयकमाथि कांग्रेसले छलफल गर्दै

काठमाण्डु टुडे २०८१ असार १२ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, १२ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ ।

कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने एक नेताले जानकारी दिएका छन ।

उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने दलको कार्यालयले जानकारी दिएको छ ।

छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने एक नेताले जानकारी दिएका छन ।

कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us