लमजुङको दोर्दीमा पहिरोले घर भत्किंदा दाजुको मृत्यु, भाइ घाइते

काठमाण्डु टुडे २०८१ असार १२ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, १२ असार– लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भइका छन ।

मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेको प्रहरीले जानकारी दिएको छ । .१८ वर्षीय मिलन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईंले जानकारी दिएका छन ।

मृतक विकल र घाइते मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो ।

मिलनको सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन । यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक पनि अवरुद्ध भएको छ ।

बेंसीसहर नगरपालिका–६ खरकहरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us