अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाण्डु टुडे २०८१ असार ११ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ११ असार– अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । अर्थ मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको हो ।

उनको सरुवा सँगै बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरीएको हो ।

सुशिला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us