प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाण्डु टुडे २०८१ असार ११ गते १५:२० मा प्रकाशित

काठमाण्डु, ११ असार– प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ (बजेट) बहुमतले पारित भएको छ ।

आज (मंगलबार) अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति व्यक्त गरेका हुन ।

बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us